अध्यक्षले बैठक लाइभ गरौँ भन्नुभयो, हामीले नाइँ भन्न सकेनौँ : शर्मा


कृष्ण बुढाथोकी

मंगलबार, १६ साउन २०८०, दोलखा । माओवादी केन्द्रमा केन्द्रीय समिति बैठक लाइभ गर्ने विषयलाई लिएर नेताहरूले असन्तुष्ट जनाइरहेको बेला उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन्। लाइभ गर्ने विषयमा मतभेद भए पनि अध्यक्षले लाइभ गरौँ भनेपछि असहमति राख्न नहुने शर्माको भनाई छ।

‘अध्यक्ष कमरेडले लाइभ गरौँ भन्ने प्रस्ताव गर्नुभयो । उहाँले भनिसकेपछि असहमति जनाउने कुरा भएन। बैठक गोप्य राखे पनि भित्रको विषय बाहिर सबै मिडियामा आइहाल्छन्। भित्रको विषय खोतलखातल बनाएर धेरै बनाउँछन् बरु लाइभ नै गरेपछि मिडियालाई पनि सजिलो हामीलाई पनि सजिलो हुन्छ’, शर्माले भने ।

बैठक लाइभ गर्ने विषयमा नेताहरू गणेश साह, रामप्रसाद सापकोटा, कमला रोक्का लगायतका नेताहरूले भने असहमति जनाएका छन्।

सम्बन्धित खबर