सोमबार, २२ साउन २०८०, दोलखा । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदार सहित चार पूर्वमन्त्री विरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्वमन्त्रीहरू गच्छदारसहित डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी भएको हो।
पूर्वमन्त्रीहरू विरुद्ध ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए। सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिव सहित ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी लिइसकेको छ।