बुधबार, २४ साउन २०८०, दोलखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिए माओवादीका नेता भएपनि नछुट्ने बताए।
हिजो मंगलबार प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिवद्धता जनाएका थिए।
गृहमन्त्री श्रेष्ठले भने, ‘को मान्छे तान्ने को छुट दिने निर्देशन दिन सक्दैनौँ हामी कानूनलाई लागु गर्न दिन्छौँ,’ साथै, ‘अहिले माओवादी वा कुनै पार्टी होस् अनुसन्धान तथ्य प्रमाणले दोषी प्रमाण देखाउँछ भने कोही छुट्ने छैन। कोही उम्कन पाउँदैन। दृढतापूर्वक भन्न चाहान्छु।’