विहीबार, २५ साउन २०८०, दोलखा । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पछि लगत्तै काठमाडौँ नै फर्किएको छ। दिउँसो १ः५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो। तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनीले जानकारी दिएको छ।
तर, जहाजमा के भएको हो सो अहिले प्राविधिकहरूले चेक जाँच गरिरहेको कम्पनीका कर्मचारी दीपेन्द्र के कर्णले रातोपाटीलाई जानकारी दिए। जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो। तर, फर्काएको जहाजमा सवार सम्पूर्ण यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुनः भैरहवा पठाइ सकिएको कर्णले जानकारी दिए।
