गुन्डोगानको डेब्यूमा रोकियो बार्सा


अनलाईन बुलेटिन संवाददाता

गेटाफे। एजेन्सी

म्यानचेस्टर सिटीका पूर्वकप्तान इल्के गुन्डोगानले ला लिगामा डेब्यू गर्दा साबिक विजेता बार्सिलोना सिजनको पहिलो खेलमा नै गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ।

३२ वर्षीय जर्मन खेलाडी यो ट्रान्सफर सिजनमा बार्सिलोनासँग अनुबन्ध भएका हुन्। मैदान प्रवेश गरेको केही मिनेटमा नै गुन्डोगानले गोल गर्ने सुन्दर अवसर पाएका थिए तर उनलाई अफसाइड करार गरिएको थियो।

विवादित खेलमा बार्सिलोनाका राफिन्हा र म्यानेजर ज्याभीले रातो कार्ड पाएका थिए। लिड्सका पूर्व फरवार्ड राफिनाले गेटाफेका गास्टोन अल्भारेजलाई कुहिनाले हिर्काएपछि रातो कार्ड पाएका हुन्। ज्याभीले दोस्रो हाफमा रेफ्रीसँग वादविवाद गरेका कारण रातो कार्ड पाए।

जेमी माटाले दोस्रो पहिलो कार्ड पाएपछि गेटाफे पनि दोस्रो हाफको सुरुवातमा नै १० खेलाडीमा सीमित बनेको थियो। बार्सिलोनाले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन । रोबर्ट लेवान्डोस्कीको प्रहार गोल लाइनबाट क्लियर गरिएको थियो ।

सम्बन्धित खबर