मंगलबार, ३० साउन २०८०, दोलखा । हङकङबाट तस्करी भई आएको सुन गाल्ने काम मंगलबार पनि सुरू भएको छ।
नेपाल राष्ट्रबैंकको टक्सार महाशाखाले मंगलबार दोस्रो पटक सुन गाल्न सुरू गरेको हो । सुनको मात्रा पत्ता लगाउन सोमबारबाट सुन गाल्ने कार्यको थालनी भएको थियो।
मोटरसाइकलको ब्रेकसु बनाएर ल्याइएको सुन सोमबार पहिलो पटक गालिएको थियो। सोमबार करीब ६१ किलो बनेको सुनको मात्र थप गाल्दा अझै घट्न सक्ने टक्सार महाशाखाका विज्ञहरुले बताएका छन्।
सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने छ। राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सारबाट बाहिरिएको सुन यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो।