माण्डु हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले निष्कासन गरेको सेयरमा आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सकिने छ।
कम्पनीले १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारी, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।
कम्पनीले ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ। आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मेरो सेयरमार्फत आवेदन दिन सकिने छ।