तातोपानी नाका खोल्ने सहमति


कृष्ण बुढाथोकी

शुक्रबार, १५ भदौ २०८०, दोलखा। सिन्धुपाल्चोकस्थित तातोपानी नाका ८ वर्षपछि मानवीय आवतजावतका लागि खुल्ला हुने भएको छ।

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका मानवीय आवतजावतका लागि खुुला गर्ने निर्णय गरेको हो। २०७२ सालको भूकम्पपछि पहिलो पटक भोलिदेखि मानवीय आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ। सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए।

समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिएपनि तत्कालका लागि स्थानीयका लागि मात्रै नाका खुल्ने भएको छ। भोटेकोशी गाउँपालिका–२ का वडाअध्यक्ष कुमार श्रेष्ठले मानविय आवतजावतका लागि ८ वर्षपछि नाका खुल्ला हुन लागेको बताउए। उनका अनुसार तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थिर अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ।

सम्बन्धित खबर