स्वास्थ्य सेवा विभागले माग्यो कमाण्डरसहित १० जना सुरक्षा गार्ड


कृष्ण बुढाथोकी

शुक्रबार, १५ भदौ २०८०, दोलखा। स्वास्थ्य सेवा विभागले कमाण्डर सहित १० जना सुरक्षा गार्ड मागेको छ। विभागले जारी गरेको सार्वजनिक सूचना अनुसार करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो। त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने जनाइएको छ।

सूचना अनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ। तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकता अनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख । साथै एक फर्मको नाम खरिद गरिएको प्रस्ताव फाराम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न नपाइने जनाइएको छ।

सम्बन्धित खबर