विहीबार, २१ भदौ २०८०, दोलखा। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो।
नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको बैठकले उक्त निर्णय गरेको हो।
समितिको निर्णयअनुसार अनु शाह, आचार्य प्रभा, ज्योति राई, मञ्जु कार्की,माया गुरुङ , रितादेवी प्रधान, शान्ता घिमिरे, डा सङ्गीता स्वेच्छा र सुनिता डङ्गोललाई पुरस्कृत गरिने भएको छ।
