बुधबार, २० मङ्सिर २०८०, दोलखा। विराटनगरमा आगलागी हुँदा थप एक जनाको मृत्यु भएसँगै यसको संख्या दुई पुगेको छ।

आगलागीमा परी विराटनगर महानगरपालिका–७ का ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा मृत्यु भएको हो भने एक जनाको गोदाम सफा गर्ने क्रममा शव भेटिएको हो। अर्का एक जनाको शव जलेर नचिनिने अवस्थामा भेटिएको छ। उनको पहिचान भने खुल्न सकेको छैन। अन्य दुई जनाको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल आगो भने नियन्त्रणमा आइसकेको छ।