मकवानपुर जिल्लामा पर्ने चित्लाङ पछिल्लो केही समय यता पर्यटकीय गन्तव्य स्थल बन्न पुगेको छ। चित्लाङ प्राकृतिक विविधतामा पनि एकता भएको रमणीय स्थान हो। समुद्र सतहबाट २१५० मिटरको उचाइमा रहेको चित्लाङ प्रकृतिको वरदान हो। यहाँको हराभरा वातावरणले जो कोहीलाई पनि मनमोहित बनाउने गर्दछ। काठमाडौँको कलङ्कीबाट झण्डै २० किलोमिटरमा रहेको चितलाङ चन्द्रगिरी हुँदै कुनै पनि सवारी साधन प्रयोग गरेर वा पैदल यात्रा गरेर पनि सजिलै पुग्न सक्छौं। कतै हरियालीमा रमिएर त कतै यही सुन्दर दृश्यलाई क्यामरामा कैद गरेर मग्न हुँदै उकाली ओराली गर्दै पुग्न सक्छौं। मकवानपुरमा अवस्थित चित्लाङले धेरै इतिहासका कालखण्डहरु बिताएको पाइन्छ। चित्लाङ नाम कसरी भयो भन्ने इतिहास अझ रहस्यमय छपरापूर्व कालदेखि भनिआएको कुरा र किम्बादन्ती अनुसार यस ठाउँको नाम भारतीय सम्राट अशोका जीवनको अन्त्यतर्फ गौतम बुद्धको अनुयायी हुनुभएको कारण गौतम बुद्ध सम्बन्धित सबै कुराहरू प्राप्त गर्न गौतम बुद्ध जन्मेकै नजिक अशोका भवन बनाउनु भएको थियो। अशोका पछि गौतम बुद्धका ज्ञानमार्गलाई फलो गर्दै अशोकाको छोरी चारुमतीले विभिन्न ठाउँमा गौतम बुद्ध सम्बन्धी विभिन्न कुराहरुको निर्माण गर्दै र बुद्ध धर्मले दिएका दर्शनहरुलाई बाँड्दै हिँड्ने क्रममा काठमाडौँको चाबहिलमा चारुमती बिहार बनाउनु भएको थियो। साथै पाटनमा पनि चार ठाउँमा चैतेहरूको निर्माण गर्नु भएको थियो।
त्यतिबेलाको समयमा कुनै सवारी साधनहरूको सुविधा नभएकै कारण मानिसहरू एक ठाउँबाट अर्को ठाउँ पुग्न पैदल यात्रा गर्नु पर्थ्यो यही क्रममा चितलाङ हुँदै पैदल यात्रा गर्नु पर्ने हुँदा चैतेहरु पनि बने र चैते बनेको तेस्रो र चौथो शताब्दीको बीचतिर काठमाडौँसम्मको गन्तव्यमा पुग्ने मानिसहरु यही बाटो हुँदै जाँदा चैते ओ ने लू भन्न थालेका थिए। यो शब्द प्रयोग गर्नु कै कारण काठमाडौँमा नेवारी बस्ती बढी भएको हो भनिन्छ। यो चै ते ओ ने लू भनेको चाहिँ चैत्य हुँदै जाने बाटो भन्ने बुझिन्छ। यही शब्द परिवर्तन हुँदै गएर चित्लाङ भएको भन्ने मान्यता रहेको छ साथै अर्को भनाइ पनि रहेको छ।
चित्लाङको नामाकरण सम्बन्धी नेपाल भूपरिवेष्ठित राष्ट्र भएकै कारण पनि भारतको सीमा क्षेत्रसम्म नुन लिन जानु पर्थ्यो त्यसका लागि पनि यही बाटो प्रयोग हुने कारणले गर्दा नेवारी भाषामा नै नुनलाई चि र बाटोलाई लू कारणले चि लू भनेको चाहिँ नुन लिन जाने बाटो भएकाले यहि शब्द पछि विकास र परिमार्जन हुदै गएर चित्लाङ रहेको मान्यता पनि छ।
कुनै समय महाकवि लक्ष्मीप्रसाद देवकोटा यही चितलाङको बाटो हुँदै गुज्रिँदै गर्दा मन्दिरतर्फ पैदल यात्रा हिँडिरहेका मानिसहरूलाई देखेर यात्री कविता लेखेका थिए। यही कविता पछि वासुदेव नेपाली चलचित्रमा गीतका रुपमा समेत राखिएको थियो। यात्री कविताको केही अंशहरु
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो
कुन मन्दिरमा जान्छ यात्री
कुन मन्दिरमा जाने हो।
यसरी महाकविले कविता समेत यहीँबाट रचना गरेको पाइन्छ। यति मात्र होइन मकवानपुरमा अवस्थित यस स्थानले शासनकालका पनि धेरै कुराहरू बिताएको भन्ने कुरा लिखित छ। मकवानपुर दरबार नेपालका धेरै युद्धहरूको जीवन साक्षिका रुपमा लिन सकिन्छ एकीकरणको युद्ध ,बङ्गलको नवापको विरुद्धको युद्ध, ब्रिटिस भारत विरुद्धको युद्ध र त्यसपछिको सुगौली सन्धि यसरी मकवानपुरले धेरै कालखण्डहरु बिताएको छ। यस स्थानमा नेपाल एकीकरण हुनु अघि सेन वंशले विक्रम सम्वत १८१९ सम्म शासन गरेका थिए भन्ने इतिहास समेत छ। पाल्पाका शासक मणिमुखन्त सेनले आफ्नो विशाल राज्यलाई आफ्ना चार छोराहरू बीच चार भागमा विभाजन गरिदिएका थिए। मकवानपुर उनका कान्छा छोरा लोहाङ सेनका अधिनमा आयो। विक्रम सम्वत १६२२ मा पाल्पालाई टुक्राएर स्वतन्त्र मकवानपुर राज्य शासन स्थापना गर्ने पहिलो सेन राजा लोहाङ सेन थिए। यसरी लोहाङ सेनका सात पुस्ताले मकवानपुरमा शासन गरेका थिए। लोहाङ सेनले १६०९ देखि १६६१ सम्म शासन गरेका थिए पछि उनका नाती हरिहर सेनले १६६१ देखि शासन सुरु गरेका थिए भने त्यसपछि हरिहर सेनका छोरा शुभ सेनले १६८४ देखि शासन सुरु गरेका थिए भने त्यसपछि शुभसेनका छोरा मनिक सेनले शासन गरेका थिए पछि फेरि मनिक सेनका सन्तान हेमकर्ना सेनले शासन सञ्चालन गरेर अन्त्यमा उनका छोरा दिगबन्दन सेनले पनि शासन गरेका थिए। यसरी शासन चल्दै गर्दा पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हिमकर्ण सेनका छोरी इन्द्रकुमारीसँग विसं १७९५ मा भएको थियो। छोरी बिदाई गर्दै गर्दा छोरीलाई गजामतीको हार लगाई एक दन्त हात्तीमा चढाएका थिए। पृथ्वीनारायण शाहले उक्त हात्ती र हार माग गर्दा राजकुमार दिगबन्धन सेनले विरोध गरेकै कारण उहाँ श्रीमती नै नलि गोर्खा फर्किनु भएको थियो भन्ने भनाइ छ। पृथ्वीनारायण शाह फर्किँदै गर्दा चन्द्रगिरी पुगेपछि त्यहाँबाट देखिने काठमाडौँ ,पाटन र भक्तपुरको झलक देखेर ती राज्यलाई आफ्नो राज्यमा मिलाउने सपना देखेका थिए। यसरी याँहीबाट एकीकरणको योजना बनेको थियो भन्ने मान्यता छ।
मकवानपुरस्थित चित्लाङले धेरै इतिहास बोकेको छ अझै पनि यस ठाउँमा हामीले राणा शासनका पालामा बनेको श्री ५ र श्री ३ को दरबार पनि देख्न सक्छौं जहाँ अहिले श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय अवस्थित रहेको छ। यसरी यस ठाउँले इतिहासको धेरै कालखण्डहरु बिताएको मान्यता छ।
हावापानी र मौसम
समुद्र सतहबाट २१०० देखि ३,३५० मिटरसम्मको उचाइमा ठण्ड समसितोष्ण हावापानी पाइने भएकाले यस ठाउँ पनि समुद्र सतहबाट २१५० मिटरमा रहेको हुँदा यहाँ ठण्ड समसितोष्ण हावापानी पाइन्छ, गर्मीमा १५ देखि २० डिग्री सेल्सियससम्म तापक्रम पुग्छ भने हिउँदमा शून्य डिग्रीसम्म तापक्रम घट्ने गर्दछ। यस क्षेत्रमा वर्षभरि नै चिसो भइरहने र हिमपात भइरहने भएकाले यहाँका रुखका पातहरू चुच्चो हुने गर्दछ।
यस ठाउँमा उत्पादन हुने नगदे र खाद्यान्न बाली बाह्रै महिना चिसो हुने भएकोले यस क्षेत्रमा धान ,गहुँको उत्पादन हुँदैन तर मकै भने राम्रै उत्पादन हुने गर्दछ यस क्षेत्रमा नगदे बालीका रुपमा भने विभिन्न खालका तरकारी खेती जस्तै काउली, मुला बन्दा लगायतको राम्रो उत्पादन हुने गर्दछ र यस क्षेत्रमा फलफुलका रुपमा चाहिँ नास्पती र किबी लगायतका फलहरु पाइन्छ। यही फलहरुलाई सदुपयोग गर्दै यहाँका मानिसहरूले जाम, वाइन लगायतका कुराहरू अर्गानिक रुपमा बनाएका छन्। चित्लाङ विविधतामा एकता बोकेको स्थानसँगै याँहीको उत्पादनलाई पनि राम्रोसँगै प्रोत्साहन गरिएको देख्न सकिन्छ।
चित्लाङ पूर्णरूपमा प्रकृतिको वरदान हो भन्दा पनि फरक नपर्ला अझ सुनमा सुगन्ध भनेझैं यहाँका मानिसहरूले यस भूमिमा सङ्घर्ष गरेरै विकासका मूल फुटाएका छन् यो त्यही कर्मको फल हुनुपर्छ जहाँ संघर्ष मेहनत रहेको छ। त्यसैले त आज चित्लाङ हराभरा प्रकृतिमा रमिएको छ। चित्लाङमा तामाङ जातिको बाहुल्यता रहेसँगै ब्राह्मण क्षेत्री लगायतका जातजातिको पनि बसोबास रहेको छ सयौं जात, भाषा धर्म र संस्कृतिको विविधतासँगै यसको जगेडामा सबैको एकता रहेको देख्न सकिन्छ। अर्गानिक खानेकुराहरूको स्वाद स्वच्छ सुन्दर वातावरण यहीका मानिसहरूको देन हो कर्म हो साँच्चै नै धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक विशेषता बोकेको चित्लाङ सुन्दर छ रमणीय छ लालीगुराँस फुलमा चैत बैशाख ढकमक्क रातमै पाखाहरु सप्तऋषि तपस्वी डुल्ने सुन्दर धाराहरु मनमोहक छ। र अझ भनौ अरुको मन लोभ्याउने गरी रमणीय छ। सप्तऋषिका पालामा बनाइएको सातधारा त्यहाँको ऐतिहासिक र धार्मिक पहिचान हो। यसरी चित्लाङले छुट्टै अस्तित्व र पहिचान बोकेको छ।
चित्लाङ पर्यटकीय गन्तव्य स्थल कसरी बन्यो
चित्लाङ पर्यटकीय गन्तव्य स्थल बन्नुमा यहीका स्थानीय बासिन्दा देवेन्द्र नेपालको महत्वपूर्ण भूमिका रहेको छ। विद्यालय शिक्षा राम्रै भएका कारण माध्यमिक शिक्षा तहका लागि काठमाडौँ जानुभएका उहाँले कक्षा १२ उत्तीर्ण गरिसकेपछि होटल व्यवस्थापन विषयतर्फ आफ्ना लक्ष्य बनाउने सोच्नु भएको थियो। तर त्यतिबेला नेपालमा यस सम्बन्धी बिएचएम विषय सुरु भइ नसकेकाले उहाँले BTTM ब्याचलर्स अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टमा भर्ना भई पढ्न थाल्नुभयो। अध्ययनकै क्रममा चित्लाङ विषयमा नै आर्टिकल रचना समेत गर्नुभएको थियो जसद्वारा २००१ सालमा नेपाल टुरिजम बोर्डद्वारा ट्राभल राइटरको अवार्ड समेत पाउनुभएको थियो। पछि स्नातक तह सकिँदै गर्दा विद्यालयबाट नै उहाँलाई एभरेस्ट कलेजमा ११ र १२ कक्षा अध्यापन गराउने अवसर मिल्यो।
सबैको सपना स्नातक तह सकिसकेपछि त्यही अनुसारको जागिर हुन्छ भन्ने हुन्छ उहाँको पनि त्यही सोच थियो तर यथार्थमा अरु नै भयो स्नातक पछि त्यही सम्बन्धी जागिर खोज्दै गर्दा जता पनि अनुभव चाहिने भयो यसै क्रममा अनुभवकै लागि भएपनि एउटा कम्पनीमा दुई वर्षसम्म काम गर्नुभयो। यस्तै क्रममा पछि सन्२००५ मा दुबईको लागि प्रोसेस गर्नुभयो ट्राभलमा नै त्यतिबेला उहाँको दुबैको तलब कन्ट्रयाक अनुसार १ लाखको थियो। त्यसै क्रममा उहाँ दुवै जानु भएको थियो राम्रो अवसरको खोजीमा यसरी अन्तर्राष्ट्रिय पर्यटनमा उहाँको पहिलो कदम थियो उहाँले त्यहाँ गएर एउटा कुरा चाहिँ राम्रोसँग अनुभव गर्नुभयो। त्यहाँका सबै भौतिक संरचना मानव निर्मित थिए बोटबिरुवा जोगाउने लगाउने काम मानिसको नै थियो तर हामीसँग त यति धेरै कुराहरु प्रकृतिले दिएको छ तर पनि यसको संरक्षण छैन। यस्तै क्रममा दुबै गएको एक महिनामा नै उहाँ नेपाल फर्किनुभयो। नेपाल फर्केर के गर्ने कुनै सोच थिएन तर आफ्नो जन्मभूमिमा फर्किसकेका उहाँलाई एकदिन चिनेकै शिक्षकले त्यस ठाउँमा घुम्न विद्यार्थी ल्याउनुपर्यो भन्ने कुरा गर्नुभयो सुरुमा बस्ने व्यवस्था थिएन ट्रेन गाडेर व्यवस्था गरिदिनु भयो यसरी पर्यटकको क्रम जारी नै भएपछि बिस्तारै त्यस ठाउँमा रिसोर्टको व्यवस्था गर्न थाल्नुभयो यसरी यस क्षेत्र पर्यटकीय गन्तव्य स्थल बन्न पुग्नुमा देवेन्द्र नेपालको महत्त्वपूर्ण भूमिका रहेको छ। उहाँ युवाहरूका लागि युवा उद्यमी कर्ताका रूपमा प्रेरक हुनुहुन्छ। उहाँका सङ्घर्षहरू हाम्रो पुस्ताका लागि उत्प्रेरणासम्म बन्न पुगेको छ। उहाँको रिसोर्टको नाम चित्लाङ अर्गानिक भिलेज रिसोर्ट रहेको छ जहाँ खाद्यान्नको राम्रो व्यवस्था छ। यसरी नै अहिले यस ठाउँमा धेरै रिसोर्टहरूको व्यवस्था पनि भइसकेको छ। उहाँले गरेको यो कामले उहाँ स्वयंलाई मात्र नभई समाज र पर्यटकहरुलाई पनि टेवा पुगेको छ। यसरी नै सरकारले पनि यस्ता सुन्दर ठाउँहरूको अर्गानिक उत्पादनलाई प्रोत्साहन दिन सक्ने हो भने विदेशबाट भित्रिने नगदे बाली र खाद्यान्नमा कम हुने थियो र यसले गर्दा स्वदेशी उत्पादनहरु बढ्न गई रोजगारी सिर्जना हुने थियो।
अन्त्यमा चित्लाङ प्राकृतिक हराभरा र सुन्दरतामा जो कोहीलाई पनि मन्त्रमुग्ध पार्ने स्थान हो जहाँबाट हामीले सजिलै नेपालको मानव निर्मित ठूलो ताल मार्कुमा अवस्थित इन्द्र सरोबार ताल पनि भ्रमण गर्न सक्छौँ। यति मात्र नभएर चित्लाङका प्राकृतिक दृश्यहरूसँग रमिएर यहाँका बारेमा धेरै कुराहरु सिक्न सक्छौ त्यसैले सबैले हातेमालो गर्दै यस क्षेत्रको विकासमा अझै टेवा पुर्याउनु पर्ने छ।
हराभरा र स्वच्छता उदेश्य हुन हातमा
लिई सुकर्म साथता पूरा गर्ने आहटमा
रहे धरा रहन्छ है सारा जीवन स्वस्थता
गरौ नयाँ कार्यता वातावरणका निमित्ता ।।१।।
हार्दिक आभार आदरणीय सन्जिब नेपाल सर यश ठाउँको बारेमा धेरै कुरा सिक्ने अवसर दिनु भयो सँगै एशियन कलेजका संयोजक अमित गुप्ता सर र राजकुमार श्रेष्ठ सर हजुरहरूले परिचय हुने अवसर प्रदान गरिदिनु भयोकोमा आभार सँगै हार्दिक आभार देवेन्द्र नेपाल सर र यस लेखलाई मिठास थप्न मदत गरिदिनु हुने कृष्ण बहादुर बुढाथोकी दाई लगायत अनलाई बुलेटिन टिम।।।
लेखकः कविता राउत
मेलुङ गाउँपालिका वडा १, पवटी, दोलखा।
चित्लाङ पर्यटकीय गन्तव्य स्थलका केहि तस्बिरहरु
© 2025, Online Bulletin