
नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपाल सरकारको ऋण १ खर्ब ६० अर्ब रुपैयाँले बढेको हो।
गत असार मसान्तमा नेपाल सरकारको ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो। त्यसमा आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब बाह्य ऋण १० खर्ब २५ अर्ब रुपैयाँ थियो।
एक वर्षको अवधीमा नेपाल सरकारले प्रतिव्यत्ति ५ हजार ३९१ रुपैयाँले ऋण बढाएको छ। जसले गर्दा गत वर्ष असार मसान्तमा ६७ हजार ८४४ रुपैयाँ रहेको प्रतिव्यक्ति ऋण बढेर ७३ हजार २३५ रुपैयाँ ऋण पुगेको छ।
११ महिनामा आन्तरिक ऋण १ खर्ब १२ अर्ब रुपैयाँले बढेर १० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। यस्तै वैदेशिक ऋण ४८ अर्ब रुपैयाँले बढेर १० खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।
११ महिनामा नेपाल सरकारले २ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएपनि विगतमा लिएको १ खर्ब रुपैयाँ चुक्ता गरेकाले यो वर्ष १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण बढेको हो।
यस्तै, असार १ गते सम्म नेपाल सरकारले ७१ अर्ब ४७ वैदेशिक ऋण लिएपनि २३ अर्ब ३७ करोड रुपैयाँ पुरानो ऋण चुक्ता गरेको छ
