सोमबार, ०८ असोज २०८०, दोलखा। दोलखाको तामाकोशी गाउँपालिकामा गय राति एक बृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाईते बनाएका छन्।

तामाकोशी गाउँपालिका–५ झुलेका ७२ वर्षिय मोहनवहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाईते बनाएका हुन्। गय राति करिव १० बजे कार्कीले ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षिया नातिनी सुहाना कार्कीलाई खुकुरी प्रहार गरेका थिए।

छिमेकी शैलेस कार्कीका अनुसार आज विहान दुवै जना गम्भीर घाईते अवस्थामा फेला परेका थिए। उनीहरुको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन्।

गम्भीर घाईते दुवै जनालाई घटनास्थलवाट उद्धार गरी सदरमुकाम चरिकोट ल्याईएको छ। उनीहरुको च्छो रोल्पा अस्पतालमा उपचार भईरहेको छ।

श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाउने मोहनवहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मानसिक अवस्था ठिक नभएको बताईएको छ।