आइतबार, १४ असोज २०८०, दोलखा। एसियाली खेलकुदमा नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ।
हाङझाउ एसियाली खेलकुद अन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको हो।
शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ए को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, साहस भण्डारी, दिपेश गुरुङ र समिर गुरुङले खेलेका थिए।
समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए। नेपाल तेस्रो हुँदा जापानलाई पछि पार्न सफल भयो। यसअघि शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह सी मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।
इ स्पोर्ट्समा पदक जित्ने आश सहित चीन पुगेको नेपालले अन्तिम विधाको रुपमा डोटामा शनिबार प्रतिस्पर्धा गर्नेछ।
