२०७८ फाल्गुन
काठमाडौ , नेपाल
बिराटनगरमा नेपाल प्रहरीले नक्क्लि नोट सहित तीन जना भारतिय नागरिकहरुलाइ पक्राउ गरेको छ ।
विराटनगर १३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा टेम्पोमा सवार भई भारतबाट विराटनगरतर्फ आइरहेका तीनै जनालाई ४८ वटा १ सय रुपैयाँको भारतीय नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बतानु भएको छ ।
पक्राउ हुने मध्य भारतको पुर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन ।
उनीहरुको थप अनुसन्धान भइरहेको उनले बताए ।
पल पलका खवरका लागि हामि संगै रहिरहनु होला
बुलेटिन
© 2025, Online Bulletin