२०७८ फाल्गुन १३ शुक्रवार
काठमाडौ , नेपाल
मोरङको लेटाङ नगरपालिका-८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरिएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना ६४ वर्षीय वृद्ध पुरुष दिपक गिरिलाई पक्राउ गरेको छ। विद्यालयबाट घर फर्किने क्रममा बाटोमा एक्लै भेटिएकी बालिकालाई गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेर र ढुंगाले हानेर हत्या गरेपछि शव एकान्त खोँचमा फ्यालेर माथिबाट ढुंगाले छोपिदिएका थिए ।
लेटाङको जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा विद्यालयबाट घर फर्किने क्रममा गत बुधबार साँझदेखि हराइरहेकी थिइन् ।
स्रोत : शिक्षा फेसबुक पेज
© 2025, Online Bulletin