मंगलबार, २६ भदौ २०८०, दोलखा। नेकपा एमालेले मंगलबार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ।
सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने बताइएको छ।
पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको बताइएको छ।
नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि लगिदैँ छ।
