पत्रकार एलिजाले गरिन् आत्मदाह


अनलाईन बुलेटिन संवाददाता

पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) को आत्महत्याका कारण मृत्यु भएको छ। २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी हुन्।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) लगिएकोमा पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ मा निधन भएको हो।

चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले विभिन्न मिडियामा काम गरेकी थिइन्। ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन्।

सम्बन्धित खबर