वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनी ओमेगा इन्टरनेसन र अक्सन इन्टरनेसनललाई निलम्बन गरेको छ।

विभागले  मंगलबार सूचना जारी गर्दै दुवै कम्पनीलाई कारबाहीस्वरुप निलम्वन गरेको जनाएको हो।

विभागबाट अनुमति नलिई दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा पठाउने कार्यमा संलग्न रहेको भन्दै विभागले ओमेगालाई निलम्वन गरेको हो।

त्यस्तै आफ्नो भवनमा अन्य दुई स‌ंस्था कार्यालय राखेर दक्ष जनशक्तिलाई वर्किङ भिसाको भ्रमपूर्ण सन्देश प्रवाह गरेकोमा अक्सनलाई कारबाही गरिएको विभागले जनाएको छ।