ए आमौ
कसरी काट्यौ जिन्दगीको पाँच दशक तिमीले ?
म त दुई दशक नपुग्दै थाकिसके
सपना देख्ने मनहरु पटकपटक मारिसके ।

ए आमौ
कतै विचलित नभ ई एकनसले कसरी अडिग रह्यौ तिमी ?
मेरा त अहिलेनै हरेक कदम डगमगाइसके
म कातर रहेछु, बल्ल अवगत भो
त्यसैले त,कैयौ पटक मृत्युको ढोका ढकढकाइसके ।

ए आमौ
कसरी सह्यौ नौ महिनाको प्रसव पिडा तिमीले ?
कसरी छिचोलयौ दु:खका पहाडहरु ?
जिन्दगीले दुई चार कदम पछाडी धकेल्दा,
मेरा त आशुका ढिक्काहरु झरिसके ।

ए आमौ
घर ॠणको भारिले चुर्लुम्म डुब्दा,
कसरी उत्रीन सक्यौ तिमी ?
मेरो त मन भारी हुँदा नै
सपना देख्ने मन नै मरिसके ।

ए आमौ
कसरी तर्‍यौ यि जिन्दगीका उकाली ओराली ?
कसरी उठायौ घुम्तिमा लडेका पाइलाहरुलाई ?
म त दुई घुम्ती नघुम्दै,मेरा पाइलाहरु लड्खडाइसके
लडेका पैतालाहरुले उठ्न इन्कार गरिसके ।

ए आमौ
बनिदेउ मेरा लडखडाएका पाइलालाई लट्टिजस्तै टेको
तिम्रो हौसलाले घुम्ने छु म फेरी दुइ घुम्ति
लड्ने छु मरेका सपनाहरुको निम्ति
सधै तिम्रै साथको खाचो मेरा निम्ती ।