लगाइदेउ हतकडी अनि कोचिदेउ जेलभित्र
ती हर्क र बालेनलाई
यिनिहरूले अब देश बनाउने भए
सबै जनतालाई आफ्नो हातमा लिने भए
हाम्रो झुटो शासन सिध्याउने भए।
यतिन्जेल जनतालाई जति ठग्नु ठगियो
सोझा साझा जनतालाई लुट्नु लुटियो
देश बेचेर टन्न पैसा कमाइराखेका थियौं
अब हाम्रो झुटो आश्वासन सुन्ने कोही नहुने भए
त्यसैले लगाइदेउ हतकडी अनि कोचिदेउ जेलभित्र
ती हर्क र बालेनलाई।
अझै देशलाई खोक्रो बनाउनु छ भने
फेरि नि झुटा आश्वसान दिलाउनु छ भने
युवालाई परदेश पठाएर हामी मिलीजुली खाने भए
कोचिदेउ जेलभित्र हर्क र बालेनलाई
हो, यिनीहरुलाई सधैको लागि थुनिदेउ।
देशद्रोही, देश बेचुवा, भ्रष्टाचारी नामले परिचित हामी
देश बनाउँछु भन्नेलाई केही गर्न दिदैनौँ
हो देशभक्तहरूलाई हामी देख्न सहन्नौँ
त्यसैले लगाउदेउ हतकडी अनि कोचिदेउ जेलभित्र
ती हर्क र बालेनलाई।
यिनिहरूले अब देश बनाउने भए
सबै जनतालाई आफ्नो हातमा लिने भए
हाम्रो झुटो शासन सिध्याउने भए
त्यसैले कोचिदेउ अब जेलभित्र।।
