
सल्यानको कालिमाटी गाउँपालिकामा नदीमा डुबेर एक महिलाको असामयिक निधन भएको छ।
स्थानीय स्रोतका अनुसार, कालिमाटी गाउँपालिका–४, ज्यामिरे निवासी बिनाराम कामीकी माइली बुहारी तथा डिल बहादुर बिककी धर्मपत्नी सिता वि.क. को शारदा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। नदीमा नुहाउने क्रममा अचानक डुबेकी सिताको उद्धार गर्ने प्रयास गरिए तापनि उहाँलाई बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ।
यस दुःखद घटनाले यतिखेर ज्यामिरे गाउँ र आसपासको क्षेत्र पूर्ण रूपमा शोकमा डुबेको छ।
