राजेन्द्र लिङ्देनको प्रश्न- भरियालाई पक्रेर नाइकेलाई बचाउन खोजिएको त होइन ?


कृष्ण बुढाथोकी

विहीबार, ११ साउन २०८०, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करीका विषयमा भइरहेको अनुसन्धान झारा टार्ने खालको भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारले सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गर्न खोजेको आरोप पनि लगाए। सुन तस्करी प्रकरणमा भरियालाई पक्राउ गरेर नाइकेलाई संरक्षण गर्न त खोजिएको होइन, उनले भने, अनुसन्धान निष्पक्ष ढंगले होस्।

उनले सुन तस्करी प्रकरणको छानबिन विशेष आयोग बनाएर अनुसन्धान गर्नुपर्ने पनि बताए। अध्यक्ष लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट पोइन्ट बनिरहेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

सम्बन्धित खबर