विहीबार, २८ असार २०८०
दोलखा । विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गौरीशंकर गाउँपालिका–६ चंखुकी ३२ वर्षिया सोमलेकी शेर्पा रहेकी छन्। स्थानीयका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा शेर्पा परिवारका ४ जना बालबालिका समेत बिरामी भएका छन्।
उनीहरुले यही असार २३ गते जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए । त्यसपछि बिरामी परेका उनीहरुलाई सिंगटी स्थित अस्पताल भर्ना गरिएको थियो।
प्रहरीका अनुसार अस्पतालले बुधबार मात्रै विषालु च्याउ खाएर उपचारका क्रममा महिलाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। च्याउ खाएर बिरामी परेका अन्य ४ बालबालिकालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
© 2025, Online Bulletin