२४ जेष्ठ २०८०, बुधबार
दोलखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलामा आन्दोलनरतमा रहेका समूहलाई भेटेका छन् । बुधवार अपरान्ह गृहमन्त्री श्रेष्ठले माइतीघरमा आन्दोनरत विभिन्न समूहलाई भेटेका छन।

माइतीघरमा केही दिनयता सहकारी पीडित, चुरे संरक्षणको माग गर्ने समूह र लघुवित्त विकासको माग गर्र्दै आएको समूहहरुलाई भेटेका हुन् । भेटका क्रममा गृहमन्त्री श्रेष्ठले ति पीडित आन्दोलनरत समूहका गुनासाहरु सुनेका थिए ।