नेपालको पहिलो राइड सेयर कम्पनी टुटल फेरि सञ्चालनमा आउने भएको छ।
बन्द भएको केही महिनापछि टुटल रिब्राण्डिङसहित सञ्चालनमा आउन लागेको हो। डेलिभरी कम्पनी ज्यापले टुटललाई पुनारागमन गराउन लागेको हो। कम्पनीले गत शुक्रबारदेखि ट्याक्सी र मोटरसाइकलको दर्ता गर्न थालेको थियो। भोली बुधबारदेखि प्यासेन्जर एप पनि सार्वजनिक गर्ने भएको छ।
कम्पनीले पहिलो महिना बाइक बाट १५ प्रतिशत र ट्याक्सीबाट १२ प्रतिशतमात्र कमिसन लिने र त्यसपछि २० र १५ प्रतिशत बनाउने तयारी गरेको छ।
रिब्राण्डिङ भएपछि कम्पनीले आफ्नो लोगो, वेबसाईड र सामाजिक सञ्जाल पनि नयाँ बनाएको छ। यो विषयमा सोध्दा टुटलका सह–संस्थापक शिक्षित भट्टले पछि कुरा गर्ने भन्दै पन्छिए।
