विहीबार, ११ असोज २०८०, दोलखा। चिन भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कैलाश पर्वत र मानसरोवर जाने भएका छन्।
बुधबार चिनको ल्हासा पुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार हिन्दुहरुको पवित्र धार्मिक स्थल कैलाश पर्वत र मानसरोवर जान लागेका हुन्।
बुधबार तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुभएका प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सोचेभन्दा सफल भएको दाबी गरे।
चीनका राष्ट्रपति सी चिनफिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू भएको भन्दै उनले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पनि बताए। विगतमा सञ्चालनमा रहेका सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरू छिट्टै खुल्ने उनको दाबी थियो।
प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुने छन्।