काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्र बैंकलाई भवनको नक्सा पासबारे प्रश्न गर्दै पत्र पठाएको छ।

बिहीबार (जेठ ३२) काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले राष्ट्र बैंकको बालुवाटार र थापाथली कार्यालयलाई नक्सा पासबारे प्रश्न गर्दै पत्र पठाएको हो।

बैंकको नाममा दर्ता रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएको भन्दै महानगरले उक्त भवनको नक्सा पास भएको छ वा छैन भनि प्रश्न गरेको छ।

पत्रमा भनिएको छ, ‘बैंकको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम/कानुन बमोजिम निर्माण भएको छ/छैन?’ भएको भए सो को प्रमाण र पास नभएको भए मिति २०८०/०२/०३ को राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचना बमोजिम नक्सापास गर्न हुनु निर्देशानुसार अनुरोध छ।’