नेप्सेमा सामान्य करेक्सन


अनलाईन बुलेटिन संवाददाता

सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ।

लगातार ९ दिन नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा सामान्य करेक्सन आएको हो। यस दिन नेप्से परिसूचक २.९४ अंकले बढेको छ।

यस दिन नेप्से ०.१४ प्रतिशतले बढेर २०९१.३९ बिन्दुमा पुगेको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ४० करोड ८२ लाख २२ हजार ८३९ रुपैयाँ पुगेको छ।

यस दिन २५७ वटा धितोपत्रको ३३ लाख ४३ हजार ६७० कित्ता सेयर किनबेच भएको हो। सोमबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सेन्ट्रल फाइनान्स र लक्ष्मी इक्विटी फण्डको मूल्य १० प्रतिशतले बढेको छ भने बिपिडब्ल्यू लघुवित्त र मेन्छियाम हाइड्रोपावर सेयरमूल्य ९.९९ प्रतिशतका दरले बढेको हो।

यस्तै, सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१६ रुपैयाँ १० पैसा पुगेको छ।

सम्बन्धित खबर