शनिबार, ०५ फागुन २०८०, दोलखा। दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणि न्यौपानेको आत्महत्या प्रकरणमा जोडिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक खड्काको मापसे चेक गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्।
डिसपी खड्काको टर्चरका कारण न्यौपानेले आत्महत्या गरेको भन्दै आफन्तले शव पोष्टमार्टम गर्न दिएका थिएनन्। शनिवार साँझ वार्ताका लागि बोलाइएकोमा जिल्ला प्रहरी कार्यालयमा वार्ता टोली पुग्दा डिएसपी खड्का मदिराले लठ भएको अवस्थामा थिए।
अघिल्लो दिन पनि मदिराकै सुरमा उनले मृतक न्यौपानेलाई फोन गरेर धम्क्याएको परिवारको आरोप छ। डिएसपीको धम्कीपछि न्यौपानेले आत्महत्या गरेका थिए । डिएसपीलाई दुई जनाले समातेर क्यान्टिनतर्फ लगी कागती पानी खुवाएर सामान्य बनाउने प्रयास गरेका छन्।
दोलखाका एमाले नेताको आत्महत्या प्रकरण डिएसपीको ‘टर्चर’बाट विक्षिप्त थिए न्यौपाने
यता डिएसपीको मापसे चेक गर्न माग गर्दै स्थानीय रुद्रहरी नेपाल,ऋषि बुढाथोकी,शान्ति ओली,शेखर नेपाल र साजन न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। अत्यधिक मापसे गरेर साढे ५ बजे एसपी खड्का कार्यालयमा आएपछि पीडितहरूले मापसे चेकका लागि सिडिओ टुवराज पोखरेललाई निवेदन दिएका हुन्।
डिएसपीकै कारण न्यौपानेले आत्महत्या गरेको भन्दै सदरमुकाम चरिकोटस्थित जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी भएको छ। स्थानीयले डिएसपीमाथि कारबाहीको माग गरेका छन्। उनीसहित सहकारी सञ्चालक समितिका पदाधिकारी र कर्मचारीविरुद्ध न्यौपानेको आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिने तयारी समेत भइरहेको छ।
पीडितपक्षले कारबाही र मापासे चेक गर्नुपर्ने भन्दै नाराबाजी सहित प्रहरी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले डिएसपी चढेको गाडी गेटनिर रोक्न खोजेपछि मदिराले मात्तिएका खड्कालाई ३ जना प्रहरीले समातेर प्रहरी परिसरमा हुलेका थिए।
डिएसपी खड्का मदिरामा लट्ठ भएका कारण उनले प्रयोग गर्ने जिप्रका प्रमुखको मोबाइल नम्बर ९८५४०१५५५५ मा धेरै पटक फोन गर्दा पनि रिसिभ भएको छैन। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार उनी फोनमा कुरा गर्न सक्ने अवस्थामा थिएनन्।
डिएसपी खड्काको टर्चर सहन नसकेर एमाले नेता कपिलमणि न्यौपानेले आत्महत्या गरेको भन्दै सहकारी सञ्चालक र डिएसपीविरुद्ध किटानी जाहेरी दिने तयारी
