नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
बिहीबार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ। बुधबार एक अमेरिकी डलरको खरिद दर १३१.३२ रुपैयाँ र बिक्री दर १३१.९२ रुपैयाँ थियो। बिहीबार यसको खरिद दर १३१.८४ रुपैयाँ र बिक्री दर १३२.४४ रुपैयाँ कायम भएको छ।
त्यस्तै, युरोपियन युरोको विनिमय दर पनि बढेको छ। बुधबार १ युरोको खरिद दर १४४.२४ रुपैयाँ र बिक्री दर १४४.९० रुपैयाँ थियो। आज यसको खरिद दर १४४.७५ रुपैयाँ र बिक्री दर १४५.४१ रुपैयाँ कायम छ।
आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। बुधबार १ पाउण्ड खरिददर १६८.१९ र बिक्रीदर १६८.९६ रुपैयाँ थियो। बिहीबार यसको खरिददर १६८.५६ र बिक्रीदर १६९.३२ रुपैयाँ पुगेको छ।