मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त


कृष्ण बुढाथोकी

असोज ६, काठमाडौं । निर्वाचन आयोगले  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

आयोगले सूचना प्रकाशन गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

सम्बन्धित खबर