आइतबार, ०३ भदौ २०८०, दोलखा ।
है हुन्छ
सपनाको अनेकौँ थुप्रो बनाएर बसौँला नि।
सके पक्की नसके मायाको झुप्रो बनाएर बसौँला नि।
है हुन्छ
नमिठै खाउला, नराम्रै लाउला।
च्यातिए बरु त्यसैलाई टालेर लाउला।
झुप्रो घरलाई उज्यालो पारौँला खुसीको दियो बालेर।
तिमि रिसाउदा म फकाउछु, मत व्यथै किन रिसाउला नि।
बिहनीको समय भएसी, चिया खाउला सँगै बसी।
चिनी किन्ने पैसा नभए माया मिसाउला नि।
है हुन्छ
कसेको काम मिलि गरौँला कष्ट नगरि।
दुनियाले के के भन्छन् वास्ता÷अस्त नगरि।
नफुटाएर फुट्ने, न टुटाएर टुट्ने एक ढिक्का बनौँला नि।
दुई पाटो तर एक सिक्का बनौँला नि।
है हुन्छ
आँखाबाट आशु झर्न दिन्न, तिम्रो सपना मर्न दिन्न।
आमाको जस्तै माया दिउला, बुबाको जस्तै ध्यान राखौँला नि।
यदि परेछ भने बलिदानमा आफ्नै ज्यान राखौँला नि।
है हुन्छ।।।
नकुल खड्का
मेलुङ गाँउपालिका वडा नं. १, पवटी
