बुधबार, २७ असार २०८०
दोलखा । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रम स्थगित गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आजका लागि आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको छ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भए पछि उक्त कार्यक्रम स्थगित गरिएको हो। सामाजिक सुरक्षा कोषले प्रधानमन्त्रीको प्रमुख आथित्वमा योजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको थियो। प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगित गर्न आग्रह आए पछि कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिएका थिए। अब उपयुक्त समयमा कार्यक्रम आयोजना गरिने रेग्मीले जानकारी दिए।
कोषले यसअघि प्रधानमन्त्रीकै उपस्थितिमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सुरक्षा योजनामा समावेश गराएको थियो।
© 2025, Online Bulletin