यसपाली रासायनिक मल अभाव हुँदैन: कृषिमन्त्री भुसाल


अनलाईन बुलेटिन संवाददाता

कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले यसपाली रासायनिक मल अभाव नहुने बताएका छन्। मन्त्री भुसालले यस वर्षका लागि मल खरिद गरिसकेको भन्दै अभाव नहुने बताएका हुन्।

शनिबार भक्तपुरमा नेकपा एकीकृत समाजवादको जिल्ला अधिवेशनमा बोल्दै उनले यो वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही मल आइसकेको जानकारी दिए।

‘यो वर्ष चाहिने जति मल खरिद गरिसकिएको छ। केही आइसकेको छ, केही आउने क्रममा छ। धेरै ठूलो संकट पर्दैन। हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौं’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले भने।

सम्बन्धित खबर