शुक्रबार, १५ असार २०८०,
दोलखा । मेलुङ गाँउपालिका वडा नं. २ घर भई हाल काठमाडौँ बसाई गर्दै आएका पुष्कर बहादुर कार्कीले आफ्नो श्रीमतीको जन्मदिनको उपलक्ष्यमा ५० लाखको बिमा पोलिसी दिएका छन ।
आज भोलि कुनै पनि शुभ कार्यमा ठुलो खर्च गर्नु अघि धेरै पल्ट चोच्ने गरिन्छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका छन । यसैबीच मेलुङ गाउपालिका वडा नं. २, दोलखाका पुष्कर बहादुर कार्कीले आफ्नो श्रीमतीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।
उनले आफ्नो जीवन संगिनीलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।
कार्कीको भनाई अनुसार, जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचतको नियम, भित्र भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा र बीमा वचतले मात्र ग्यारेन्टी गर्ने भएकोले श्रीमतिलाई बीमा पोलिसी उपहार सोरुप मायाको छलाङ पारगर्ने बाटो सुरु गरेको बताएका छन ।
