सुन प्रकरणमा अनुसन्धान अझ बलियो हुदै


कृष्ण बुढाथोकी

बुधबार, १३ भदौ २०८०।, दोलखा । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सीआईबीका एसएसपी दिनेशकुमार आचार्य ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि हङकङ पुगेका छन्।

इन्टरपोलको समन्वयमा नेपाल प्रहरीले अनुसन्धान अधिकृतलाई गए राति हङकङ पठाएको हो। राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन हङकङबाटै ब्रेक सुमा ल्याइएको थियो। कार्गोमा आएको सो सुन सहजै भन्सार जाँचपास भएर बाहिर लैजाँदै गरेको अवस्थामा बरामद भएको थियो। यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी हङकङ पुगेको हो। एसएसपी आचार्यले त्यहाँ स्थानीय प्रहरीको सहयोगमा सुन पठाउने गिरोबारे अनुसन्धान गर्नु हुनेछ। ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने भए पनि राजस्वले अनुसन्धान थालेकै मितिबाट गणाना हुने भएकाले सीआईबीले भदौ मसान्त भित्र मुद्धा बुझाइ सक्नु पर्ने बाध्यता छ।

अनुसन्धानका लागि समय कम भएकाले प्रहरी प्रधान कार्यालयले थप जनशक्ति पठाएको छ। अन्तराष्ट्रिय गिरोहको प्राविधिक अनुसन्धान गर्नका लागि विशेष व्युरोलाई समेत सामेल गरिएको छ। अनुसन्धान टोलीमा विशेष ब्युरो प्रमुख रामदत्त जोशी सहितको टोली खटिएको हो। यस्तै, विभिन्न देशका प्रहरीसँग समन्वय गर्न इन्टरपोल शाखाका एसपी अनुपम शम्शेर जबरालाई अनुसन्धान समिति राखिएको छ भने अनुसन्धानमा दखल राख्ने उपत्यका बाहिरका प्रहरीलाई समेत यो प्रकरणका लागि झिकाइएको छ।

सम्बन्धित खबर