मंगलबार, २६ असार २०८०
दोलखा । मनाङ एयरको ९–एन–एमभी हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ। मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।

आज मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका थिए।

काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो। सो हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।