सोमबार, ०१ असोज २०८०, दोलखा। अर्थमन्त्री डा.प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चीन सरकार सकारात्मक रहेको दाबी गरे।

शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा उनले आफूले आयोजनाका लागि एक अर्ब रुपैयाँ छुट्याएको र चीन सरकार थप लगानी गरेर सुरुङमार्ग बनाउन सकारात्मक रहेको बताएका थिए।

चीनसँग त्यस विषयमा पत्र आदान–प्रदान भइसकेको भन्दै अर्थमन्त्ती महतले आगामी साता प्रधानमन्त्री दाहालले गर्ने चीन भ्रमणमा यो आयोजनालाई प्राथमिकतामा राखेको बताए।

चीनसँग सम्झौता भए तत्काल डिपिआर बनाउने प्रक्रिया सुरू हुने भन्दै उनले सो सडक सञ्जालबाट नुवाकोट सदरमुकाम विदुरसम्म मात्र नभई रसुवासम्मै सडक स्तरोन्नति हुने बताए।