छुट्टा–छुट्टै सवारी दुर्घटनामा २३ यात्रु घाइते, रामेछापका एक सहित तीन चालक पक्राउ


कृष्ण बुढाथोकी

मंगलबार, १६ असोज २०८०, दोलखा। मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका हुन्।

सोमबार बिहान विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै सवारीका नौ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ। घाइतेको नाम खुल्न बाँकी रहेको छ। दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

यसैबीच, पोखराबाट सुर्खेत जाँदै गरेको एक यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा ग १ ख ८४८५ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए। घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ।

सवारी चालक रामेछाप सुनापति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा १६ जना यात्रु थिए। तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर