सुन तस्करीबारे पहिला राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्छ : सांसद भण्डारी


कृष्ण बुढाथोकी

मंगलबार, १६ साउन २०८०, दोलखा । नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन र राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्ने बताएका छन्। आज मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताएका हुन्।

उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बनाउनुहुँदैन भन्ने होइन। बनाएपनि हुन्छ। तर, राज्यको निकाय छ, पुलिस छ, राजश्व छ। उनीहरुले गर्ने कुरा एक पल्ट हेरौं। यदि उनीहरु टार्गेटमा पुग्न सकेनन् भने। माफियाको घर–घरसम्म पुग्न सकेनन् भने उच्च स्तरीय छानबिन कमिटी बनाएर पनि छानबिन गर्नुपर्छ । त्यसलाई गर्नुहुँदैन भन्ने कुरामा हामी जान हुन्न। जसरी हुन्छ–यो माफियाहरुलाई, नेपाली युवाहरु, जसलाई विदेश जान बाध्य बनाईराखेका छन्। नेपाललाई नांगो बनाईरहेका छन्। त्यसको बिरुद्धमा न काँग्रेस, न कम्युनिष्ट हामी सिंगो नेपाली भएर लड्नुपर्छ। यत्ति कुरा हो। त्यो भन्दा हामीसँग अरु विकल्प छैन।’

सम्बन्धित खबर