प्रस्तावित नियमावलीमा बीमा अभिकर्ता असन्तुष्ट


कृष्ण बुढाथोकी

मङ्गलबार, ०८ असोज २०८१, काठमाडौँ। काठमाडौँमा बीमा अभिकर्ता संघले नयाँ बीमा नियमावलीमा रहेका अभिकर्ताको हित प्रतिकूल व्यवस्था सम्बन्धी असन्तुष्टि व्यक्त गर्दै १७ बुँदे माग पेस गरेको छ। संघले नयाँ नियमावलीले अभिकर्ताको पेसामा संकट ल्याउन सक्ने ठहर गर्दै आन्दोलनको तयारी गरेको थियो। बीमा प्राधिकरणले भने केही माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ।

प्रमुख असन्तुष्टिहरूमा अभिकर्ताको अनिवार्यता, लाइसेन्स नवीकरण प्रक्रिया, कमिसन, शैक्षिक योग्यता, र इन्सेन्टिभ जस्ता विषयहरू सामेल छन्। प्रस्तावित नियमावलीमा बीमा कम्पनीहरूले अभिकर्ताविनै बीमालेख बिक्री गर्न सक्ने व्यवस्था गरिएको, लाइसेन्स खारेज भए कमिसन नपाइने व्यवस्थासँग सम्बन्धित गुनासाहरू समेटिएका छन्।

प्राधिकरणले केही व्यवस्थाहरू बीमा बजारमा भएको अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि गरेको दाबी गर्दै शैक्षिक योग्यता र तालिममा कडाइ गरिएको बताएको छ।

सम्बन्धित खबर