आइतबार, २४ भदौ २०८०, दोलखा। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तिजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छिन्।

आगामी असोज १ गतेको हरितालिजा तिज पर्वलाई मध्यनजर गर्दै उनले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गरेकी हुन्।