२०८० जेष्ठ १०, बुधबार
दोलखा । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल भइ रहेको छ । मंगलबार सरकारले पूर्णता पाएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । तर, नवनियुक्त मन्त्रीहरू आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुन पाउने भने छैनन् ।
जसपाबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री मंगलबार नियुक्त भएका थिए । आज साढे ९ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
