अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपति साइ यिङ वेनबीच भेटवार्ता


कृष्ण बुढाथोकी

साउन १८, दोलखा । राष्ट्रपति साइ यिङ वेनसँगको भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै प्रशंशा गरेकी छन्।

चीनको कडा विरोध चेतावनीबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी छन्।

ताइवानकी राष्ट्रपति वेनले रूसले हालै युक्रेनमा गरेको आक्रमण उल्लेख गर्दै यसले ताइवानको सुरक्षा अवस्थाप्रति विश्वको ध्यानाकर्षण गराएको बताइन्। उनले ताइवानले अब चीनसामू नझुक्ने स्पष्ट संकेत पनि दिएकी छन्।

भेटका क्रममा राष्ट्रपति इङ–वेनले ताइवानप्रति अटल समर्थन जनाएकोमा पोलोसीलाई धन्यवाद दिइन्।

ताइवानी राष्ट्रपतिले ताइवानमा लोकतन्त्र विरूद्धको आक्रमणले सम्पूर्ण इन्डो-प्यासिफिक क्षेत्रलाई असर गर्ने भन्दै ताइवान पछि नहट्ने बताइन्। ‘हामी दृढताका साथ हाम्रो राष्ट्रिय सार्वभौमसत्ता कायम गर्नेछौं,’ उनले अमेरिकी सभामुखसँग भनिन्।

राष्ट्रपति भवनमा भएको दुई नेताबीच भएको भेटवार्ता स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण भएको थियो।
 

सम्बन्धित खबर