मंगलबार, १२ भदौ २०८०, दोलखा । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज मंगलबार नेपाल आउने भएका छन्।

नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि आज अपरान्ह नेपाल आउन लागेका हुन्। करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ। तीन दिने नेपाल बसाईका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने बुझिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सहित प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ। भोलि उद्घाटन गरेपछि एमसीसी कार्यान्वयनमा जाने छ। एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ।

औपचारिक शुरुवात भएको पाँच वर्ष भित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ। सो अवधिमा काम पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनु पर्नेछ। अमेरिकाले सो परियोजनाका लागि ५० करोड डलर सहयोग दिने छ भने नेपालले १३ करोड डलरको योगदान गर्नु पर्ने छ।