एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा


अनलाईन बुलेटिन संवाददाता

पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो।

एसिया कप क्रिकेट अगष्ट ३१ मा सुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपाल भारत र पाकिस्तान रहेको समूह ए मा छ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ एसिया कपअघि नेपाल टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ। जसमा नेपालले केही अभ्यास खेल पनि खेल्नेछ।

सम्बन्धित खबर