सोमबार, ११ भदौ २०८०, दोलखा । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका सवैभन्दा बढी एक लाख ४७ हजार बढी सदस्य रहेका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पेश गरेको राजनितिक–संगठनात्मक प्रतिवेदन अनुसार बागमती प्रदेशका १३ जिल्लामा १ लाख ४७ हजार ३ सय ५३ जना सदस्य छन्। अध्यक्ष प्रचण्डले गत साउन १७ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रिय समिति बैठकमा राजनितिक–संगठनात्मक प्रतिवेदन पेश गरे। सो प्रतिवेदन अनुसार यो प्रदेशमा माओवादीका सबैभन्दा बढी सदस्य रहेको देखिएको छ। देशभर ७ लाख ५२ लाख ५२ हजार ९ स ५६ सदस्य दाबी गरेको माओवादीले ९ प्रदेश संरचनाको अभ्यास गरिरहेको छ।
प्रतिवेदन अनुसार मधेश प्रदेशमा माओवादीको १ लाख १६ हजार ९ सय ७५ सदस्य संख्या छ भने लुम्बिनीमा १ लाख १२ हजार ९ सय १० सदस्य संख्या रहेको छ। कोशी प्रदेशमा माओवादी कमजोर देखिएको छ। कोशीमा ९ हजार ६ सय १ सदस्य संख्या छ भने गण्डकी प्रदेशमा ६६ हजार ६ सय ८७, सुदुरपश्चिम प्रदेशमा ८० हजार ४ सय ८२ र कर्णाली प्रदेशमा ८५ हजार ७ सय ७४ सदस्य छन्। यस्तै, सम्पर्क समन्वय प्रदेश १९ हजार ३ सय १२, उपत्यका विशेष प्रदेश १८ हजार ३ सय ३५ र प्रवास समन्वय प्रदेशमा ५ हजार ५ सय ३७ सदस्य छन्।