आइतबार, ३१ असार २०८०
दोलखा । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिन सके मात्र मुलुकले प्रगति गर्न सक्ने बताएका छन्। आज आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिन सके मुलुकले प्रगति गर्न सक्ने बताएका हुन्। उनले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेको हुदा मुलुकहरुले विश्वमा प्रगति गर्न पछि परिरहेको बताए। उनले राम्रो शैक्षिक जनशक्तिको विकास गर्न सक्ने मलुकहरुको मात्रै प्रगति सम्भव भएको उदाहरणहरु दिएका थिए।
सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु देश व्यापि उठिरहेको बताए। उनले भने,‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रुपबाट विकास गर्नु पथ्र्यो त्यस रुपबाट विकास सायद हुन सकेनकि भन्ने आज प्रश्न उठिरहेको छ। शिक्षा भनेकै के हो, शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान बिस्तार गरेर विश्वलाई हेर्ने कुराहरु हो र जुन मुलुकले शिक्षा ठिक ढंगले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो मुलुकहरुले मात्रै विश्वमा प्रगती गर्न सकेका छन्।’
उनले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण पाइलाको शुरुवात गर्ने बताए।
© 2025, Online Bulletin